दफा ३८
दण्ड सजाय
(१) देहायको कुनै काम गर्ने पर्वतारोही दल वा त्यसको कुनै सदस्यलाई पाँच वर्षसम्म नेपाल …………भित्र प्रवेश गर्न वा दश वर्षसम्मनेपाल ………… मा पर्वतारोहण गर्न नपाउने गरी नेपाल सरकारले प्रतिबन्ध लगाउन सक्नेछ ः-क)अनुमति नलिई कुनै हिमालचूली आरोहण गरेमा वा सो गर्ने प्रयास गरेमा,
(ख)पर्वतारोहणको लागि खुला नगरिएको कुनै हिमालचूली आरोहण गरेमा वा सो गर्ने प्रयास गरेमा,(ग)पर्वतारोहणको अवधिमा कुनै प्रकारको अनैतिक
आचरण वा व्यवहार गरेमा,
(घ)पर्वतारोहण सकिएपछि नेपाल सरकारलाई बुझाउनु पर्न गरी तोकिएको कुराहरू तोकिएको अवधिभित्र नबुझाएमा,(ङ)वातावरण दूषित हुन नदिन तोकिएको शर्त पालना नगरेमा,
(च)यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा पर्वतारोहणको अनुमतिमा तोकिएको कुराहरू उल्लंघन गरेमा ।
(२) कुनै पर्वतारोही दल वा त्यसको सदस्यले अनुमति प्राप्त नगरी कुनै हिमालचूली आरोहण गरेमा त्यस्तो पर्वतारोही दल वा सदस्यलाई नेपाल सरकारले उचित सम्झेमा उपदफा (१) बमोजिमको कारवाही नगरी त्यस्तो चूली आरोहण गर्न अनुमति लिंदा यस ऐन बमोजिमको जति दस्तुर तिर्नु पर्ने हो त्यसको दोब्बर रकम जरिवाना गर्न सक्नेछ ।
३) कुनै पर्वतारोही दल वा त्यसको सदस्यले आरोहणको लागि खुला नगरिएको कुनैहिमालचूली आरोहण गरेमा त्यस्तो पर्वतारोही दल वात्यसको सदस्यलाई नेपाल सरकारले उचित सम्झेमा उपदफा (१) बमोजिम कारवाही नगरी द्यआरोहणको निमित्त खुला रहेको सर्वोच्च
जरिवाना गर्न सक्नेछ ।
(४) पर्वतारोहण सम्बन्धी प्रबन्ध मिलाउने कुनै संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको पर्वतारोहण सम्बन्धी कुनै कुराको उल्लंघन गरेमाह्वा उल्लंघन गर्नकसैलाई दुरुत्साहन गरेमात्यस्तो संस्थालाई नेपाल सरकारले द्यएक वर्षदेखि पाँच वर्षसम्म गणतन्त्र सुदृढीकरणतथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।द्यपहिलो संशोधनद्वारा संशोधित ।ह्पहिलो संशोधनद्वारा थपपर्वतारोहण सम्बन्धी कुनै किसिमको प्रबन्ध मिलाउन नपाउने गरी रोक लगाउन वा दश हजार रूपैयाँदेखि पचासहजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय गर्न सक्नेछ ।
(५) कुनै पर्वतारोही दलले वातावरण दूषित हुन नदिन तोकिएको शर्त पालना नगरेमा नेपाल सरकारले उचित सम्झेमा उपदफा (१) बमोजिम कारवाही नगरी पचास हजाररूपैयासम्म जरिवाना गर्न सक्नेछ ।
(६) दफा ३७ को उपदफा (४) बमोजिम नेपाल सरकारले दिएको आदेश वा निर्देशन पालन नगर्ने पवतारोही संघलाई नेपाल सरकारले दफा ३७ को उपदफा (२) बमोजिम सुम्पिएको अधिकार फिर्ता लिन वा पर्वतारोहणको प्रयोजनको लागि प्रदान गरेको मान्यता रद्द गर्न सक्नेछ ।(७) कसैले कुनै पर्वताराेही दल वा त्यसको कुनै सदस्यलाई यो ऐन वा यस ऐन अन्तर्गतबनेका नियम वा नेपाल सरकारको आदेश वा निर्देशनलाई उल्लंघन गर्न दुरुत्साहन गरेमा निजलाई तोकिएको अधिकारीले एक हजार रूपैयाँदेखि दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।(८) उपदफा (७) बमोजिम तोकिएको अिधकारीले दिएको आदेशबाट मर्का पर्ने व्यक्तिले नेपाल सरकारसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ र त्यस्तोमा नेपाल सरकारले दिएको निर्णय अन्तिम हुनेछ ।